हेटौंडा, १९ भदौ/डक्टर डेनिम क्लोथिङ्ग मेन्स वेयर कपडा कम्पनीको बिहीबारदेखी बजारमा आएको मेन्स वेयर कपडाले एकवर्षको लागी हेटौंडा भेट्रान्स कल्बलाई फुटबल खेल्ने जर्सी प्रदान गरेको छ ।

हेटौँडामा जारी जिल्ला लिग फुटबल प्रतियोगिताको अवसर पारेर आज बिहीबार कम्पनीको तर्फबाट हेटौंडाको आधिकारिक विक्रेता युनिक फेन्सीका संचालक सरोज चौलागाईले पहिलो चरणको लागी २० थान जर्सी सेट कल्बलाई हस्तान्तरण गरेका थिए ।

जर्सी ग्रहण गर्दै हेटौडा भेट्रान्सको उपाध्यक्ष नवराज बज्रचार्यले डक्टर डेनिम क्लोथिङ्ग मेन्स वेयर कपडा कम्पनीलाई धन्यवाद दिँदै जर्सी लगाएर खेल खेल्दा कम्पनीको प्रचार पनि हुने र आफुहरुलाई सहयोग पनि हुने भन्दै हेटौडा भेट्रान्सले आगामी दिनमा खेल्ने हरेक खेलमा डक्टर डेनिमकै जर्सी लगाएर खेल खेल्न आफनो कल्बका खेलाडीहरु तयार रहेको बताए ।

कम्पनीको तर्फबाट जर्सी हस्तान्तरण गर्दै चौलागाईले आगामी एक वर्षभित्र कल्बले खेल्ने हरेक खेलमा जर्सी तथा अन्य सहयोग उपलब्ध गराउन आफुहरुको प्रतिवद्धता रहेको व्यक्त गरे ।

हेटौंडा भेट्रान्सले आगामी असोजको पहिलो हप्ता चित्तवन र काठमाण्डौमा आयोजना हुने भेट्रान्स कप फुटबल खेलमा पनि यही कम्पनीको जर्सी लगाएर खेल खेल्ने बताएको छ । आज बिहीबारदेखी देशैभर बजारमा आएको कम्पनीको हेटौंडाको लागी राप्तीरोडमा रहेको युनिक फेन्सी र पारीजातपथमा रहेको यु टु फेन्सीले आधिकारिक बिक्रीवितरण गर्ने जनाएको छ ।

केही समयअघि यो कम्पनीकोे आधिकारिक ब्राण्ड एम्बेसडर चलचित्र प्रेम गीत ३ का डेब्यु कलाकार मनिष राउतलाई नियुक्त गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here