एजेन्सी/दुनियाँभरका मानिसहरु पैसा कमाउनका लागि अनेक तरिका खोजीरहेका छन् । अमेरिकाकी एक महिलाले पनि पैसा कमाउनका लागि यस्तै नयाँ उपाय अपनाएकी छिन् ।

ती महिला पैसा कमाउने आफ्नो नयाँ तरिकाबाट एक घण्टाको हजारौँ रुपैयाँ लिन्छिन् । यसका लागि उनलाई न मेहनत गर्नुपर्छ न कुनै लगानी । रोबिन मैरी नामकी ती महिला अरुलाई आफ्नो अंगालोमा सुताएकै भरमा धेरै रकम लिने गर्छिन् ।

यतिबेला तपाईं सोच्नुहोला, यस्तो पनि कहीँ हुन्छ ? कस्तो होला, तपाईं कसैलाई अंगालो हाल्नु हुन्छ र यसको लागि तपाईंलाई यत्रो पैसा मिल्छ, जुन बारेमा तपाईं सोच्न पनि सक्नुहुन्न । आखिर रोबिन त्यस्तो के गर्छिन्, जसकारण उनलाई मानिसहरु यति धेरै पैसा दिन्छन् । यसै कारणले पनि रोबिन पछिल्लो समय चर्चामा छिन् ।

कंसासमा बस्ने रोबिन मैरी मानिसहरुलाई अंगालोमा बेर्छिन् र एकदमै मायाले सुताउँछिन् । यस्तो गरे बापत रोबिन एक घण्टाको ८० डलर अर्थात् ९ हजार ९२ रुपैयाँ लिन्छिन् । यो काम गरेर मैरी हरेक वर्ष करिब २० लाख रुपैयाँ कमाउँछिन् । उनले यसैलाई आफ्नो पेसा बनाएकी छिन् । आफ्नो सेवामार्फत् मानिसहरुलाई आनन्द महशुस गराउँछिन् उनी ।

मैरी भन्छिन्, यस्तो गर्दा शरीरबाट आक्सीटोसिन हर्मोन रिलिज हुन्छ, जसले व्यक्तिलाई खुशी मात्र दिलाउँदैन तनाव तथा चिन्ता पनि कम गराउँछन । मैरीको एक सेशन १ घण्टादेखि ४ घण्टासम्मको हुन्छ । 

यद्यपी मैरीले यसका लागि पनि केही कडा नियम बनाएकी छिन् । जस्तैः क्लाइन्टस पुरा समय नै कपडामा हुनुपर्छ र सेशनको समयमा कुनै किसिमको फिजिकल डिजायर पनि हुनुहुँदैन । गर्मी मौसममा उनीहरु छोटो कपडा लगाउन सक्छन् । तर धेरै छोटो पनि हुनुहुँदैन ।

मैरीकोमा सिंगलदेखि लिएर विवाहित तथा विधुवासम्म धाउने गर्छन् । त्यस्ता मानिसहरु पनि आउँछन्, जो वैवाहिक जीवनप्रति सन्तुष्ट छन् । मैरी आफैँ पनि रिलेशनसिपमा छिन्, उनको बोइफ्रेन्डलाई पनि यसबारे थाहा छ । तर उनको बोइफ्रेन्डलाई यसबाट कुनै समस्या छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here