एजेन्सी/नेपाली राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप फुटबलको दोस्रो चरणको छानोट अन्तर्गत आज (बिहीबार) कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । कतारमा सन् २०२२ मा आयोजना हुने विश्वकपको लागि नेपालले कुवेतको जविर अल अहमेद ईन्टरनेश्नल मैदानमा घरेलु टोलीसँग प्रतिस्पर्धा गर्न लागेको हो । 

खेल नेपाली समयअनुसार राति पौने ११ बजे सुरु हुनेछ । दोस्रो चरणमा खेल्न लागेको नेपाल रहेको समूहमा अष्ट्रेलिया, कुवेत, जोर्डन र चाईनिज ताईपेई छन् । नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्ने बताएका छन् ।

“हामी उत्कृष्ट खेल प्रदर्शन गर्ने योजनामा छौँ र यो सम्भव पनि छ । हाम्रा खेलाडीहरुले कडा मेहनत गरिरहेका छन् । हामीलाई थाहा छ कुवेत राम्रो टोली हो । हामी उत्कृष्ट प्रदर्शन गर्दै राम्रो प्रदर्शन गर्ने योजनामा छौं,” कालिनले भने ।

विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा अप्रत्याशित नतिजा निकाल्दै अघिल्लो चरणमा स्थान बनाउने योजनामा नेपाल रहेको छ । तुलनात्मक रुपमा नेपालभन्दा कुवेत धेरै बलियो टोली हो ।

“कुवेतसँग हामीले मैत्रीपूर्ण खेल पनि खेलिसकेका छौँ । कुवेत हामी भन्दा बलियो टोली भए पनि हामी कुवेतसँग प्रतिस्पर्धा गर्ने योजनामा छौँ,” नेपाली टोेलीका कप्तान किरण चेमजोङले भने । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here