हेटौंडा, १९ भदौ/अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौँडाले एकलाख रुपैयाँ घुस रकमसहित मालपोत कार्यालयका नायब सुब्बालाई पक्राउ गरेको छ ।

आयोगको हेटौँडास्थित क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले एकलाख घुस रकमसहित मालपोत कार्यालय बाराका नायब सुब्बा हरिमोहन सिंहलाई पक्राउ गरेको हो ।

सेवाग्राहीसँग पटक/पटक घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान अयोगले जनाएको छ । उनलाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि अख्तियार दुरुपयोग आयोगको क्षेत्रीय कार्यालय हेटौँडा ल्याइएको छ  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here