काठमाडौं, १७ भदौ/१३ औँ दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाली क्रिकेट टोलीले बन्द प्रशिक्षण सुरु गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबारबाट बन्द प्रशिक्षण सुरु गरेको हो । नेपालले प्रारम्भिक चरणमा ३५ खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ । नेपालले त्रिवि क्रिकेट मैदानमा तयारी सुरु गरेको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक उमेश पटवाल, प्रशिक्षक मनोज कटवाल र प्रदीप राज पाण्डेले प्रशिक्षण गराउने छन् । नेपाली टोलीको बन्द प्रशिक्षणको पहिलो दिन २५ खेलाडीले सहभागिता जनाएका छन् । सागका लागि महिला टोलीले भने यसअघि नै तयारी सुरु गरिसकेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here