एजेन्सी, १६ भदौ/‘फिफा वर्ष खेलाडी अवार्ड’ को तीन उत्कृष्ट खेलाडीकोमनोनयन सार्वजनिक भएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको अवार्ड मनोनयनमा अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सी, पोर्चुगल र युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र नेदरल्याण्ड र लिभरपुलका खेलाडी भर्जिल भान डाइक अन्तिम सूचीमा परेका छन् ।

यूइएफए शीर्ष तीनमा लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो र भान डाइक परेका थिए । अवार्ड भने भान डाइकले जितेका थिए ।

फिफाले पहिलो चरणमा छनोट भएका १० खेलाडीबाट अन्तिम तीनको नाम सार्वजनिक गरेको हो । लिभरपुलका डिफेन्डर भान डिज्कले युईएफए वर्ष खेलाडीको अवार्ड जितिसकेका छन् । फिफा वर्ष खेलाडीको अवार्ड पनि उनले जित्ने सम्भावना धेरै देखिएको छ ।

गतवर्ष यो अवार्ड क्रोएसियाका कप्तान तथा रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिचले जितेका थिए । यो सिजन भान डिज्कले लिभरपुललाई च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

त्यस्तै मेस्सीले बार्सिलोनालाई ला लिगा जिताएका थिए । यता रोनाल्डोले पोर्चुगललाई नेसन्स लिग र युभेन्टसलाई सिरी ए उपाधि जिताएका थिए ।

महिलातर्फ लुसी ब्रोन्ज, एलेक्स मोर्गन र मेगान रापोनी परेका छन् । प्रशिक्षकको मनोनयनमा पेप ग्वार्डिवाला, योर्गेन क्लोप र माउरिसियो पोचेटेनो रहेका छन् ।

वर्ष गोलकिपर अवार्डका लागि एलिसन बेकर, एण्डरसन मोरिस र मार्क टेर स्टेगेनले स्थान बनाउन सफल भएका छन् । पुस्कास अवार्डका लागि लियोनल मेस्सी, जुवानफर क्वान्टेरो र डानियल जेसोरीको गोल शीर्ष तीनमा परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here