हेटौंडा, ११ भदौ/नेपाल तरुण दल मकवानपुरले हरितालिका तिजको अवसर पारेर बुधबार तीज गित तथा बृहत सांस्कृतिक कार्यक्रमसहित दर खाने कार्यक्रम गरेको छ ।

तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकको सभाध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व अर्थमन्त्री डा. रामशरण महतको प्रमूख आतिथ्यतामा तिज गित तथा बृहत सांस्कृतिक कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै प्रमूख अतिथि महतले तिज पर्व हिन्दुहरुको मात्रै पर्व नभएर सम्पूर्ण नेपालीको राष्ट्रिय पर्व भएको बताउँदै महादेव र पार्वतीको सम्मानका लागि ईतिहासदेखि मनाईदै आएको तीज पर्वको जगेर्ना गर्न सबै दिदिबहिनी दाजुभाई लाग्नुपर्ने बताउनुभयो ।

पूर्व अर्थमन्त्री तथा नेता महतले कांग्रेसको दर्शनमा हिडिरहेका कम्युनिष्टहरु विश्वबाटै पलायन भएको अवस्थामा नेपालमा योपटक बाघ बनेर आएर देशलाई अधिनायकवाद तर्फ धकेलिरहेको भन्दै धेरैसमय नेपालमासमेत नटिक्ने जिकिर गर्नुभयो ।

नेता महतले ४८ सालबाट कांग्रेसले देशलाई खुला अर्थनीतिमा लगेर देशलाई समृद्ध बनाउन लागेपनि कम्युनिष्टहरु आएर अनुशासनहिनता, बेथिति, राज्य संयन्त्रनै भ्रष्टाचारमा लिप्त भएकाले देशको प्रगती हुन नसकेको आरोप लगाउनुभयो ।

तरुण जिल्ला सचिव सचित थापाले संचालन गरेको कार्यक्रममा कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना, तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत, कोषाध्यक्ष विद्धान गुरुङ, कांग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछाने, निवर्तमान सभापति रघुरमण न्यौपाने, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सचिव बुद्ध लामा, सल्लाहकारहरु सल्लाहकारद्वय उमा दाहाल र रिता खनाल, महिला संघ मकवानपुरकी अध्यक्ष लक्ष्मी श्रेष्ठ, कार्यक्रम संयोजक अञ्जना उपाध्यायले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

राष्ट्रिय गायकगायिकाहरु राधिका हमाल, सुनिल थापा, रेखा लामा, रिना मगरले गाएको तीज गितमा उत्कृष्ट नृत्य गर्नेहरुको तर्फबाट ६ जनालाई पुरस्कार दिईएको छ ।

पहिलो हुने निकिता राईलाई सुनको माईली तिलहरी, दोश्रो हुने बर्षा घिमिरेलाई चाँदीको छल्ला, तृतिय हुने सविता ढकाललाई सुनको चन्द्रमा, चौथो हुने स्वीकृति ढुंगेललाई सुनको औंठी, पाँचौं हुने अस्मिता योञ्जनलाई चाँदीको पाउजु र छैठौं हुने अनिसा चौरेललाई सारी पुरस्कार दिईएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here