हेटौंडा, १० भदौ/नेपाल महिला संघ मकवानपुरले मंगलबार तिज विशेषसहित दर खाने कार्यक्रम गरेको छ ।
महिला संघ मकवानपुरकी अध्यक्ष लक्ष्मी श्रेष्ठको सभाध्यक्षता तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमूख आतिथ्यतामा तिज विशेष कार्यक्रमसहित दर खाने कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमूख अतिथि डिनाले हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको उपलक्ष्यमा मकवानपुरका दिदिवहिनीहरुलाई बोलाएर तिज विशेष कार्यक्रम गरेकोमा महिला संघ मकवानपुरलाई धन्यवाद दिंदै अवका दिनमा पनि महिलाहरुलाई एकजुट गराई सामाजिक कामलगायत विकास निर्माण, नेतृत्व तहमा सशक्त बनाउन महिला संघले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

महिला संघ मकवानपुरकी सचिव निलम देवकोटाले संचालन गरेको कार्यक्रममा महिला संघ नगर सभापति लक्ष्मी गौतम, महिला संघ क्षेत्रीय सभापतिहरु मिठु भण्डारी, शान्ता वि.क., तारा कार्की, महाधिबेशन प्रतिनिधि जानकी लामा, नेविसंघ जिल्ला अध्यक्ष राजु खतिवडा, कांग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेले तिजको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा भएको कार्यक्रममा कांग्रेस मकवानपुरका पदाधिकारी, सदस्यहरु, सल्लाकारहरु, भातृ तथा शुभेच्छुक संघसंगठनका पदाधिकारी एवं सदस्य तथा महिला दिदिबहिनीहरुको उपस्तिथि रहेको थियो ।