हेटौंडा, ९ भदौं/नेपाल महिला संघ मकवानपुरले भोली मंगलबार महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवि सिंहको २३ औं स्मृति दिवसमा खाद्यान्न वितरण र तिज विशेष कार्यक्रम गर्ने भएको छ ।

स्व.र्गीय सिंहको स्मृति दिवस र हिन्दु नारीहरुको महान चाड तिजको अवसर पारेर भोली विहान हेटौंडा १४ मयुरधापमा रहेको अनाथ अपाङ्गबल पुर्नस्थापना केन्द्रमा खाद्यान्न वितरण र ११ बजेबाट पार्टी कार्यालयमा तिज विशेष कार्यक्रम गर्ने महिला संघ मकवानपुरकी सचिव निलम देवकोटाले बताउनुभयो ।

कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको बताउँदै सचिव देवकोटाले महिला संघले जिल्लाभरीका महिला दिदिवहिनीहरुलाई खवर गरिएको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here