हेटौंडा, ९ भदौ/राष्ट्रिय फोटो पत्रकार समुह मकवानपुरको अध्यक्षमा फोटो पत्रकार ३ नम्बर प्रदेश सदस्य कपिल खड्का चयन भएका छन् ।

हेटौंडामा सोमबार ३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सालिकराम जम्मकटेल प्रमूख आतिथ्यतामा भएको अधिवेशनले खडकाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

समुहको उपाध्यक्षमा धर्मेन्द्र दाहाल, काेषाध्यक्ष बलराम पुडासैनी   सचिव विजय पाैडेल र सहसचिवमा उज्ज्वल अधिकारी, सदस्यहरुमा सरला अधिकारी, धिरज ढकाल, विक्रम बानियाँ, सहनशिला ढकाल, मिना श्रेष्ठ, दिलबहादुर लामा चयन भएका छन् भने सल्लाहकारमा रामशरण दुलाल, शिवकुमार काशी र ध्रुव अधिकारी   चयन भएका छन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, राष्ट्रिय फोटो पत्रकार समुहका केन्द्रीय महासचिव प्रदिप राज वन्त, पत्रकार महासंघ प्रदेश ३ अध्यक्ष प्रताप विष्ट, मकवानपुर प्रहरी प्रमुख मुकेश कुमार सिंह, राष्ट्रिय फोटो पत्रकार समुह प्रदेश ३ का अध्यक्ष नारायण सिलवाल, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजकुमार न्यौपाने, बानका केन्द्रीय उपाध्यक्ष उज्ज्वल चौलागाई, चलचित्र बिकास बोर्ड सदस्य नरेन्द्र महर्जन, पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाईं, नेपाली कांग्रेस मकवानपुर हेटौंडा नगर सभापति आनन्दराम पराजुली, प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारीलगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here