विष्णुप्रसाद लामिछाने

नेपाली जनताको लामो बलिदानी पश्चात् मुलुक संघिय लोकतान्त्रिक गणतन्त्रतर्फ उन्मुख भैसक्दासमेत सवृसाधारण नेपालीहरुदेखि बौद्धिक जगतसमेत नेपाल कता जाँदैछ भन्ने चिन्ता र चासो कायम रहिरहेको अवस्थामा बर्तमन नेकपाको दुईतिहाईको सरकारको चस्माले हेर्दा सुखि नेपाली समृद्ध नेपालको बाटोतर्फ उन्मुख भएको देख्दछ र भाषण, नारावाजी गरिरहेको देखिन्छ ।

त्यसैगरी प्रतिपक्ष नेपाली कांग्रेसको चस्माले हेर्दा मुलुक एकदलिय सर्वसत्ताबादतर्फ उन्मुख भएको देख्दछ । तर लेखकको निजी विचारले भने मुलुक कतारलगायत खाडी मुलुक र युरोप तथा अमेरिकातर्फ जाँदैछ । देश भनेको भूगोल, साँध, सीम मात्र होईन । देश भनेको जनता हो । जनता नै भएन भन् देश मात्र भएर हुँदोरहेनछ भन्ने कुरा ईजरायलको ईतिहासले समेत पुष्टि गरेको छ ।

नेपालमा विगतदेखि वर्तमानसम्म कार्यरत ठूला दलहरु न्ेपाली कांग्रेस र नेकपाले देश र जनताको समृद्धिको निमित्त राजनीति गर्दै हरेक आन्दोलनको नेतृत्व गर्दै आएका हुन् र सबै आन्दोलनलाई समर्थन र सहयोग गर्दै आईरहेका छन् । २००७ सालको जनक्रान्तिदेखि ०६२÷०६३ को दोश्रो जनआन्दोलनमा नेपाली जनताले सहादत प्राप्त गरेका हुन् । शहिदको सपना पूरा गर्ने काम पनि दलहरुकै हो । नेपालमा पटक÷पटक व्यवस्था फेरियो तर नेताहरुको प्रवृत्ति फेरिएन । त्यसैले देश खाडी र युरोप, अमेरिकातर्फ जाँदैछ । मुलुकका दक्ष युवा जनशक्ति विदेश पलायन हुन बाध्य भएका छन् ।

लेखकको विचारमा यो मुलुकमा कसैले पनि एकदलिय सर्वसत्तावाद लाद्छु भनेर कल्पना नगरे पनि हुन्छ । राजा महेन्द्रले दुई तिहाईको बहुमतको सरकार र प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेस्वरप्रसाद कोइरालाको सरकारलाई सैनिक वलमा अपदस्त गरेर वी.पी.लगायत उनका सहयोगीहरुलाई वन्दी बनाएर एकदलिय तानाशाही पञ्चायती व्यवस्था मुलुकमा लाद्ने प्रयास भयो, मुलुक पुनः ३० वर्षसम्म अन्धकारको युगमा प्रवेश ग¥यो र विश्व राजनैतिक रंगमञ्चबाट अलगियो । प्रजातन्त्रको निमित्त कांग्रेसले अर्को आन्दोलन गर्नुप¥यो । अन्ततः २०४६ मा प्रजातन्त्र पुर्नस्थापित भएरै छोड्यो । राजा वीरेन्द्रले नेपाली जनता र दलका नेताहरु सामू घुँडा टेक्न बाध्य हुनैप¥यो ।

वर्तमान प्रधानमनत्री खड्गप्रसाद ओलीलाई राम्ररी नै थाहा छ भारतको नक्सलवादीबाट चारु मजुम्दार र कानु सत्यालको नेतृत्वमा वर्ग सफायाको नाममा असफल विद्रोह भएको थियो । त्यसको हुवहु नक्कल गर्दै २०२८ सालमा तत्कालिन माले पार्टीले आन्दोलनको सुरुवात ग¥यो र वर्गिय सत्रु सफायाको नाममा छाप्रीमा सुतेका बच्चादे िखजोगीकोसमेत हत्या भयो । सामन्त भनेर नरराज ढकालकोसमेत हत्या भयो । झापा विद्रोहकै कारण खड्गप्रसाद ओली १४ वर्षसम्मको जेलजीवन जिउँन बाध्य हुनुप¥यो ।

नेपालको भौगोलिक र भूवनावटको कारण यहाँ एकदलिय साम्यवादी अधिनायकवादी व्यवस्था ल्याउन संभव छैन भनेर २०४६ को नेपाली कांग्रेसको नेतृत्वमा भएको जनआन्दोलनमा नेपालका विभिन्न पार्टीमा विभक्त कम्युनिष्ट पार्टीहरुले कार्यगत एकता गरेर आन्दोलनमा सरिक भएका हुन् । जसका कारण तत्कालिन एमाले कहिले प्रतिपक्ष त कहिले सत्तापक्ष हुन् संभव भएको हो । उहाँहरुलाई राम्ररी थाहा छ, नेपालमा एकदलिय सर्वसत्तावाद संभव छैन । त्यसैले उहाँहरु संसदिय अभ्यासमा सामेल भएर दुईतिहाईको सरकार निर्माण गर्न सफल हुनुभएको हो ।

१० वर्षे जनयुद्धका नायक पूर्व प्रधानमनत्री एवं वर्तमान नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई पनि राम्रोसंग थाहा छ । १७ हजार निहत्था जनताको हत्या गरेर साम्यवादी सर्वसत्तावाद लादछु भन्ने जुन कल्पना थियो, त्यो सबै चकनाचुर भयो । तर दाहालले असफल प्रयास भने नगरेका होईनन् । उनले तत्कालिन प्रधानसेनापति रुक्माङगद कटुवाललाई हटाउने र कुलबहादुर खड्कालाई प्रधानसेनापतिमा नियुक्त गर्ने ।

राष्ट्रपति र पशुपति माथि हात हाल्न खोज्दा आफू सत्ताबाट बाहिरिन परेको पीडा छँदैछ । बेला–बेलामा दाहालले यो पीडा बाहिर पोख्नेसमेत गरेका छन् । जसरी ०४६ को जनआन्दोलन पश्चात् तत्कालिन नेकपा एमाले संसदीय अभ्यासम सामेल भयो भने नेकपा माओवादीलाई संसदीय अभ्यासमा सामेल हुन ०६२/०६३ कुर्नुप¥यो । उहाँहरुलाई राम्ररी थाहा छ, संसदीय प्रजातन्त्रको विकल्प छैन ।

७० वर्ष अघिदेखिको नेपालीको चाहना संविधानसभा पूरा भएको छ । मुलुकले नयाँ संविधान पाएको छ । नेपाली जनता सार्वभौम भएका छन् । राजनैतिक क्रान्ति पूरा भएको छ । अव आर्थिक क्रान्ति समृद्ध नेपाल, सुखि नेपालीको परिकल्पनाका निमित्त प्रष्ट मिशन र भिजन भएको राजनेता यो मुलुकले खोजेको छ । बासी विचार र सोचले मुलुकको समृद्ध संभव छैन । समृद्ध नेपाल, सुखि नेपाली बनाउन नेताहरुको प्रवृत्ति फेरिन आवश्यक छ । युवा नेतृत्वले पनि सत्ता र शक्ति कसैले दिने होईन, खोसेर नै लिने हो । राजनीति कसैको बाबुबाजेको अंशवण्डा होईन । पैत्रिक सम्पत्ति पनि होईन ।

हाम्रो मुलुकमा संभावनाका ढोकाहरु प्रसस्त छ । कलकल वग्ने झर्ना, छहरा र खोलाहरु । वनजंगल, जमिन प्रसस्त छ । कृषिमा आधुनिकीकरण, हाईड्रोपावर, पर्यटकिय स्थलको निर्माण, सीपमूलक कामलाई प्रोत्साहन दिनसके दक्ष जनशक्ति दिनहुँ १५०० को हाराहारीमा बाहिर जानुपर्दैन । यसको निमित्त राज्यले सोच्नुपर्दछ ।

हाम्रा बलिया पाखुरा र श्रम, शीपलाई देशकै बाँजो बारीमा प्रयोग गर्ने हो भने बैदेशिक रोजगारको निमित्त युवा जमात बाहिरिन पर्दैन । हाम्रा नेताहरु सत्तामोह ब्रम्हनाल तलसम्म नपुगुञ्जेल सत्तामै टासिएर रहने प्रवृत्तिको जवसम्म अन्त्य हुँदैन, तवसम्म मुलुकले काँचुली फेर्न सक्दैन । अवसरको अभाव रहिरहने हो भने मुलुक खाडी मुलुकहरु र युरोप, अमेरिकातर्फ जाँदैछ । देश भनेको यो मुलुकको जनता हो । युवाशक्ति हो ।
लेखकः नेपाली कांग्रेस मकवानपुरका उपसभापति हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here