हेटौंडा, ३० साउन/३ नम्बर प्रदेशको सञ्चार रजिष्ट्रार कार्यालयले आज मकवानपुरका पत्रकारहरुलाई सी एम आई एस सफ्टवेयर संचालन र आवेदन प्रक्रियाबारे जानकारी गराएको छ ।

मकवानपुरका पत्रकारहरुलाई अभिमुखीकरणको आयोजना गर्दै स्वतन्त्र पत्रकार परिचयपत्रको लागि आवेदन कसरी गर्ने ? भन्ने विषयमा जानकारी गराईएको हो । सुरुवातमा मकवानपुरका पत्रकारहरुलाई जानकारी गराइएको र आगामी दिनमा ३ नम्बर प्रदेशभरीका पत्रकारहरुलाई अभिमुखीकरण गरिने प्रेस रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले जानकारी दिए ।

अभिमुखीकरणमा स्वतन्त्र पत्रकार परिचयपत्रको लागि आवश्यक योग्यताहरु, अनुभव, आवेदन प्रक्रिया, लाग्ने दस्तुरलगायतका विषयमा प्रेस रजिष्ट्रार सापकोटाले जानकारी गराएका थिए ।

कार्यक्रममा बोल्दै प्रेस रजिष्ट्रार सापकोटाले पत्रकारको हकहित सम्बन्धी अन्य विषयमा आफुले विभिन्न योजना तयार पारेको समेत बताए । उनले जेष्ठ पत्रकारको लागि पेन्सनको व्यवस्था, महिला पत्रकारहरुको क्षमता विकास गर्न विभिन्न तालिम तथा गोष्ठीको आयोजना गर्ने र सम्पूर्ण पत्रकारको बीमा गर्ने योजना रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here