एजेन्सी/विवादित बयानबाट चर्चामा आउन चाहिरने बलिउड अभिनेत्री कंगना रनौट फेरी एक विवादित भनाईले चर्चामा रहेकी छिन् ।

आफू अभिनित, निर्मित तथा निर्देशित ’मणिकर्णिका’लाई बलिउडले सरहाना नगरेको भन्दै उनी बलिउड स्टारहरूमाथि लगातार खनिदैं आइरहेकी छन् ।

अभिनयका लागि ३ पटक राष्ट्रिय अवार्ड जितिसकेकी कंगनाले बलिउडमा प्रतिभाको कुनै महत्व नभएको धारणा राखेकी छन् । केहि समय पहिले कंगनाले सिनेमा उद्योगभन्दा बाहिरबाट आउने युवतीहरूको शोषण हुने आरोप लगाएकी थिइन ।

उनले बलिउडमा परिवारवाद हाबी रहेको बताउँदै उनीहरूले बाहिरबाट बलिउडमा भविष्य खोज्दै आउनेहरूलाई टिक्न नदिने गरेको बताएकी थिइन् । यस्तै बलिउडमा परिवारवादको जरा गहिरो गरी गाडिएको र यसलाई प्रश्रय दिने ’सिने–माफिया’हरूको पर्दाफास हुन जरूरी रहेको धारणा उनको छ ।

त्यसपछि पनि कंगनाले आफ्नो आवाजलाई कम गरेकी छैनन् । हालै दिएको एक अन्तरवार्तामा सुरूसुरूमा आफूसँग भएको क्षमतालाई प्रमाणित गरेपछि सबै कुरा हुन्छ भन्ने सोच आफूमा रहेको भएपनि वास्तव त्यसले मात्र काम नगर्ने बुझेको बताएकी छन् ।

’सुरूमा आउँदा मलाई क्षमता नै सबै कुरा हो, बस आफूलाई प्रमाणित गर्न सक्नुपर्छ लाग्थ्यो । मैले धेरै कुरा गरें, आफ्ना लागि बाटो बनाउन खुबै संघर्ष गरें’, उनले भनिन, ’मैले फिल्म मेकिङ, स्क्रिप्ट लेख्न सिकें ।

यी सबै मैले क्षमता नै सबैथोक हो भनेर गरेकी थिएँ । जब मैले यी सब गरेर आफ्नो प्रतिभा निखारँ, तब मैले महशुस गरे यो उद्योगमा त प्रतिभाको कुनै महत्व नै रहेनछ ।’ कंगनाले बलिउडमा सत्ताको राजनीति गर्ने र खेल खेल्नेहरूले आफ्नो सम्बन्ध र साना माफियाहरूको सहयोगमा एउटा सानो जाल फैलाएको हुने बताइन् ।

उनीहरूले एकअर्कासँग मिलेर काम गर्ने बताउँदै उनले त्यसलाई तोड्न कडा कदम उठाउनुपर्ने भनाई राखिन् । ’यसलाई तोड्न मैले मेरो रोजाइ अनुसारका मानिसहरू बनाएँ, किनकी मलाई मैले पाउनुपर्ने कुरा पाउनुपर्छ जस्तो लाग्थ्यो । कहिलेकाँही त्यसलाई तपाईं आफैले हासिल गर्नुपर्छ’, उनले भनिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here