काठमाडौं, २८ साउन/‘हेलो सरकार’ले देशैभरका स्थानीय तहबाट विवरण माग गरेको छ । ७५३ स्थानीय तहसम्म नै हेलो सरकारका काम प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने भएकोले विभिन्न विवरण पठाइदिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आग्रह गरेको छ ।

‘हेलो सरकार पोर्टललाई ७५३ स्थानीय तहहरूसम्म नै विस्तार गरी जनगुनासोलाई प्रभावकारी रूपमा सम्बोधन गर्ने प्रयोजनका लागि देहायका विवरण चाहिएको’ स्थानीय तहलाई मन्त्रालयले पठाएको पत्रमा उल्लेख छ ।

मन्त्रालयले Mofaga.it@gmail.com मा जम्मा वडा संख्या, स्थानीय तहको नाम र ठेगाना, विद्युत पुगेको वडा, कम्प्युटर प्रणालीबाट काम भइराखेका वडा र वडा कार्यालयमा विद्युत/ इन्टरनेट पुगे वा नपुगेको र के कार्य सम्पादन भइराखेको छ भन्ने विवरण पठाइदिन आग्रह गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here