बीरगंज, २८ साउन/लागूऔषधसहित दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । बहुदरमाई नगरपालिका वडा नम्बर ८ बिश्रामपुर बस्ने २९ वर्षका हबिब उलाह देवान र २४ वर्षका मञ्जय पटेल पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट प्रहरीले लागु औषध इन्जेक्शन फेनारगन ८ पिस, नुर्फिन ८ पिस र डाइजेल्याव ८ पिस बरामद गरेको छ । पक्राउ परेका दुवैलाई हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here