हेटौंडा, २८ साउन/महिला उद्यमीहरुले हेटौंडामा आगामी भदौ ५ देखि ७ गतेसम्म ३ दिन मेला संचालन गर्ने भएका छन् ।

मकवानपुर महिला उद्यमी व्यावसायी संघ एवम महिला श्रृजनशील केन्द्र काठमाण्डौको आयोजनामा ‘श्रृजनशील उद्यमी मेला’ सञ्चालन गरिन लागिएको पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् ।

हेटौंडाको पल्पसा हलमा ३ दिन गर्न लागिएको मेलामा स्वदेशी उत्पादनलाई प्रोत्साहन गरौ, घर घरमा रोजगारीको अवसर श्रृजना गरौ भन्ने मूल नारासहित महिलाहरुले गरेका उत्पादनलाई बजारसम्म ल्याउने उद्देश्यले मेला गर्न लागिएको संघकी अध्यक्ष सुशीला पाण्डेले जानकारी दिईन् ।

मेलामा ५० वटा बिभीन्न थरीका स्टलहरु राख्ने तयारी छ । मेलामा २५ देखि ३० हजार जना सर्बसाधरणले अवलोकन गर्ने र ३० लाख रुपैयाँ सम्मको कारोवार गर्ने लक्ष राखिएको संघका सल्लाहकार सर्मिला डंगोलले बताईन ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले महिलाहरुको प्रयासबाट गर्न लागिएको मेलालाई सबैले सक्दो सहयोग गर्नुपर्ने बताउँदै यस्ता मेलाको प्रवद्र्धन गर्न सबै लाग्नुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here