फाईल फोटो

पोखरा, २८ साउन/पोखराका न्यूरोडमा रहेको एक सुपरमार्केटसंगैको फर्निचरमा मंगलबार भीषण आगलागी भएको छ ।

न्यूरोडमा रहेकोे भाटभटेनी सुपर मार्केट अगाडि रहेको नर्वदुर्गा फर्निचरमा आगो लागेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

न्युरोडको सिटिजन्स बैंकको आडमा रहेका फर्निचरबाट सुरु भएको आगोले अरु पसलमा पनि क्षति पुगेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

२ घण्टाको प्रयासपछि निभाइएको आगलागीबाट करोडौंको क्षति भएको प्रहरीले जनाएको छ । आगो निभाउनका लागि स्थानीय, पोखरा महानगरपालिका, नेपाली सेनाको वारुणयन्त्र तथा केही निजी कम्पनीका पानी ट्यांकर प्रयोग गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here