काठमाडौं/दुब्लो शरिर भएका मान्छेलाई कसरी मोटो हुने भन्ने चिन्ता हुन्छ । दुब्ला मानिसहरु उमेरभन्दा अघि पाका देखिने हुदा उनीहरुलाई चिन्ता भैरहेको हुन्छ ।

नाश्तामा एक प्लेट गेडागुडी वा तरकारी, दुईवटा अण्डाको अमलेट वा दुईवटा उसिनेको अण्डा, जाम वा घिउ राखिएको तीन पिस ब्राउन ब्रेड र आलु या पनिरको खादा पनि मोटो हुन सहयोग गर्छ । बिहानको खानामा एक एककचौरा दाल, भात, तरकारी, सलाद र दहीको सेवनले पातालो या दुब्लो व्यक्तिहरु मोटाउन सकिन्छ ।

मोटाउने अरु उपायहरु:
केरा: प्रत्येक दिन तीनपल्ट केही मात्रा केरा दुध र दहीसँग मिसाएर खानाले मुहार चम्किलो र शरिर सुन्दर बन्छ । एक महिना नबिराइ खाने हो भने मोटाउदै जान्छ ।

तातो दुधमा मह: सुत्नुअघि एक गिलास तातो दुधसँगै एक चम्चा मह खानुपर्छ । महले पाचन प्रक्रिया राम्रो गर्छ भने दुध पौष्टिक आहार अन्तर्गत नै पर्छ ।

खरबुजा: नियमित सेवन गर्दा दु्रत गतिमा मोटाउन सकिने हुन्छ र यसले डिहाइड्रेसनबाट समेत बचाउँछ ।

कार्बोहाइड्रेडयुक्त खाना: भोजनमा अधिक कार्बोहाइड्रेड भएका खानेकुरामा जोड दिएमा पनि मोटाउन सहयोग पुग्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here