हेटौंडा, २५ साउन/पुरानो लत्ताकपडा संकलन गरेर विपन्न र गरिवलाई वितरण गर्न शनिबारबाट हेटौंडामा क्लोथ बैंक संचालनमा आएको छ ।

हेटौंडा ४ का वडा अध्यक्ष नविन सिग्देलले उद्घाटन गरेको क्लोथ बैंक हेटौंडा युवा अभियान र स्थानीय रिलायन्स बोर्डिङ स्कुलको संयोजनमा हेटौंडाको हुप्रचौर गेटमा संचालनमा आएको हो ।

हेटौंडाका केही युवाहरुले हाम्रो लागि ठिक नभएको लत्ताकपडा अरुको लागि नयाँ हुनसक्छ भन्दै लत्ताकपडा संकलन गरेर गरिव दुःखीहरुलाई निशुल्करुपमा वितरण गर्ने प्रमूख लक्ष्य राखेको अभियानका दिक्षान्त श्रेष्ठले बताए ।

अभियानका युवाहरुले सहयोगी हातहरुले लगाउन मिल्ने लत्ताकपडा दिएपनि राखेर सफा गरी लगाउने योग्य बनाएर वितरण गरिने योजना रहेको बताएका छन् । बालबालिका र वृद्धहरुका लागि लत्ताकपडा राखिएको र केहीदिनमा चप्पलहरुसमेत राखिने लक्ष्य रहेको बताएका छन् ।

संयोजन गर्ने रिलायन्स बोर्डिङका प्रमूख केशवलाल श्रेष्ठले हाम्रो सानो सहयोगबाट दुःखी गरिवकोे मुहारमा मुस्कान आउने काम युवा अभियानले गरेको बताउँदै आफुहरुले भरपुर सहयोग गर्ने प्रतिवद्धता जनाए ।

उद्घाटन गरेको दिन शनिबार मात्रै १० जना दुःखी गरिवले लत्ताकपडा लिएर गएको युवा अभियानका रोयल बानियाँले जानकारी दिए ।

कार्यक्रममा वडाका प्रहरी नायव निरिक्षक ज्ञानेन्द्रबहादुर क्षेत्री, पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष कुमार अधिकारी, संचारकर्मी देवराज पन्त, मानवी बानियाँ, युवा अभियानका पुनित पाठक, विकल्प बर्तौला, साकार शिवाकोटी, विश्वास लटौला, सुशान्त लामिछाने, ऐशन पौडेललगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here