हेटौंडा, २५ साउन/रोटरी क्लव अफ हेटौंडाले शनिबार हेटौंडा औद्योगिक क्षेत्रभित्र बृक्षारोपण गरेको छ ।

क्लवका अध्यक्ष ईन्द्र नेपालको सभाध्यक्षता एवं हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबोल महतको प्रमूख आतिथ्यतामा बृक्षारोपण गरिएको हो ।

नवराज पुडासैनीको संयोजकत्वमा भएको बृक्षारोपण हेटौंडा औद्योगिक क्षेत्रको गेटदेखि खानेपानी ट्याङ्की हुँदै उद्योग संघको कार्यालयसम्म तेज पत्ताको विरुवा २ सय थान रोपिएको क्लवका सचिव प्रमेश प्रधानले जानकारी दिनुभयो ।

कार्यक्रममा क्लवका निवर्तमान अध्यक्ष लेखराज पोखरेल, उद्योग संघका अध्यक्ष नवराज अर्याल, सिद्धार्थ बैंकका प्रवन्धक अर्पण सञ्जेल, हेटोंडा ८ का वडाअध्यक्ष गोपालबहादुर श्रेष्ठ, सशस्त्र प्रहरी बलका गुल्मपति विनोद खतिवडालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

बृक्षारोपण कार्यका लागि सिद्धार्थ बैंक, सिएसआई नेपाल र खजुरी नेपालले सहयोग गरेको थियो भने उद्योग संघ हेटौंडा र हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापनले प्राविधिक सहयोग गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here