हेटौंडा, २५ साउन/दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो मकवानपुरले हरितालिका तीजमा जागरुक महिला सम्मान कार्यक्रम गर्ने भएको छ ।

यही भदौ १२ गते तीज विशेष कार्यक्रमको आयोजना गरी नगद १० हजार रुपैयाँसहित दुई महिलालाई ‘जागरुक महिला सम्मान २०७६’ प्रदान गरिने रेडियो सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीले जानकारी दिए ।

‘गत बर्षहरुमा झैँ यस बर्षपनि हामीले सामुदायिक रेडियो हुनुको नाताले विशेष कार्यक्रमका बीच प्रत्येक बर्ष प्रदान गर्दै आएको जागरुक महिला सम्मान प्रदान गर्नेछौं’, रेडियोका अध्यक्ष पराजुलीले भने, ‘हरितालिका तीजमा जागरुक महिला सम्मान र बार्षिकोत्सवको अवसरमा सामुदायिक सम्मान प्रदान गर्दै आएका छौँ । आगामी बर्षहरुमा पनि यसलाई निरन्तरता दिँदै जानेछौँ ।’

जागरुक महिला सम्मानमा सम्मानित हुने व्यक्तिको छनौटको लागि रेडियो सञ्चालक समितिका सदस्य राममणि दाहाल, शर्मिला डंगोललगायतको समिति निर्माण गरिएको स्टेशन म्यानेजर गणेश दर्पण अधिकारीले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा संविधानसभा सदस्य एवम् कांग्रेस नेतृ आरजु देउवा राणाको उपस्थिती रहनेछ भने सहकारीका अध्यक्ष महालक्ष्मी उपाध्याय डीनालगायतको विशेष उपस्थिती रहने स्टेशन म्यानेजर अधिकारीले बताए ।

जागरुक महिला सम्मानबाट यसअघि २०७० सालमा गढीका सीतादेवी तिमल्सिना र आमभञ्ज्याङका सुलोचना स्याङ्तान, २०७१ मा हेटौंडा–२ का सरिता खरेल र बज्रबाराहीका चमेली वाइबा, २०७२ मा चुरियामाइका मञ्जु थिङ र हेटौंडा–१ का सुनिता नकर्मी, २०७३ मा हेटौंडा–२ का कल्पना शर्मा र दामनका हीरा लामा, २०७४ मा हेटौंडा–८ का साहित्यकार बबी थापा र हेटौंडा–१० का महिला उद्यमी सुन्दिरा श्रेष्ठ, गतबर्ष हाँडीखोलाका ईश्वरी न्यौपाने र हेटौंडा–२ का सूचना श्रेष्ठ पराजुलीलाई सम्मान गरेको स्टेशन म्यानेजर अधिकारीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here