हेटौंडा, २५ साउन/नेपाली कांग्रेसका पूराना नेता तथा हेटौंडा ११ का संस्थापक सभापति पिताम्बर बर्तौलाको आज शनिबार निधन भएको छ ।

लामो समयदेखि विरामी रहनुभएका कांग्रेसका संस्थापक नेता बर्तौलाको ८५ वर्षको उमेरमा आफ्नै निवास हेटौंडा ११ मा निधन भएको हो ।

स्वर्गीय बर्तौलाको पार्थिव शरिरमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना, जिल्ला सदस्य राजिव सुवेदी, ३ नम्बर क्षेत्रीय सभापति ताराप्रसाद चौलागाई, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुलीलगायतले पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।

स्वर्गीय बर्तौलाका श्रीमती, ३ छोरा र ४ छोरी छन् भने जेठा छोरा राजाराम दक्षिण कोरियाका पूर्व कार्यबहाक राजदुतसमेत हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here