सिन्धुपाल्चोक, २४ साउन/३ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयको पहलमा सिन्धुपाल्चोकको चौतारामा बहुप्राविधिक महाविद्यालय कक्षा संचालन हुने भएको छ ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ५ मा दिनेश रामजी स्मृति बहुप्राविधिक शिक्षालय संचालन हुन लागेको हो ।

महाविद्यालयले यसै शौक्षिक सत्रबाट कक्षा सञ्चालनको लागि भर्ना खुल्ला गरेको छ । हाललाई चौतारा बहुमुखी क्याम्पसबाट कक्षा सञ्चालन हुने र शिक्षालयका भवनकोे लागि प्रदेश सरकारबाट ११ करोड विनियोजन भैसकेकोले चाँडैं नै आफ्नै भवनमा पढाई हुने सामाजिक विकास मन्त्री युवराज दुलालले बताए ।

भवन निर्माणको लागि जग्गा खरिद प्रक्रिया अन्तिम चरणमा पुगेकोसमेत मन्त्री दुलालले बताए । यसै आर्थिक बर्षबाट भवन निर्माण कार्यको सुरुसमेत हुनेछ ।

महाविद्यालयमा सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, नुवाकोट, काठमाडौँलगायतको विद्यार्थीलाई अध्ययनको लागि फाइदा पुग्नेछ । छोटो समयमा नै आम्दानी गर्न सकिने भएकाले प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण बढ्दै गएको छ ।

महाविद्यालयको नाम जनयुद्धका सहिदहरु कमल शर्मा ‘दिनेश’ र गोविन्द बजगाईं ‘रामजी’को स्मृतिमा राखिएको छ । सिन्धुपाल्चोकको चौतारामा नै बहुप्राधिक र व्यवसायिक कक्षा सञ्चालन हुने भएपछि सिन्धुवासि हर्षित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here