हेटौँडा, २४ साउन/मकवानपुर शारिरिक सुगठन तथा फिटनेस संघ मकवानपुरको अध्यक्षमा राजेश भेटवाल चयन भएका छन् ।

संघको १२ औ साधारण सभा तथा ५ औ अधिबेशनले शुक्रबार भेटवाललाई अध्यक्षमा सर्बसम्मत चयन गरेको हो ।

अधिवेशनले भेटवालको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिती चयन गरेको छ । सँघको वरिष्ठ उपाध्यक्षमा राजु नेपाल, उपाध्यक्षमा महेश कर्माचार्य र हेम श्रेष्ठ, सचिवमा सुजन श्रेष्ठ  र कोषाध्यक्षमा कन्हैया शाह चयन भएका छन ।

यसैगरी सदस्यहरूमा सौरभ श्रेष्ठ, सम्राट सिंह, जीवन न्यौपाने, अमृत लामा, अनिल श्रेष्ठ लगायतका रहेका छन् ।

संघका अध्यक्ष शिव कुमार कार्कीको सभाध्यक्षता तथा हेटौडा उपमनपा प्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा संघका संस्थापक अध्यक्ष सुनिल अधिकारी, मकवानपुर उद्योग वाणिज्य सँघका अध्यक्ष  कृष्ण कटुवाललगायतको सहभागिता रहेको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here