एजेन्सी/दक्षिण भारतीय सिनेमा ‘बाहुबली’ सिरिजले भारतको सबैभन्दा ठूलो र संसारको ठूलो मध्येको एक बलिउडलाई हेरेको हेर्यौं बनाइदियो। बलिउडले नआँकेको बजेटमा एसएस राजमौलीले स्वरैकल्पनाको सिनेमा बनाएर चकित पारिदिए ।

प्रभास रातारात स्टार बने । सय, दुई सय करोड बक्सअफिसको आँकडामा रमाइरहेको बलिउडलाई झण्डै २ हजार करोड भारू बराबरको विश्वव्यापी व्यापार देखाइदिए ।

सिनेमाको पहिलो भाग आउँदा बलिउडको खासै चासोमा नपरेको सिनेमा दोश्रो भागसम्म आइपुग्दा बलिउडको प्रमुख चर्चाको विषय बन्‍यो ।

सिनेमाको हिन्दी डबका वितरक बनेका थिए- करण जोहर । आफ्ना प्रेककथा सिनेमाको निर्देशन र निर्माणका लागि कहलिएका करणले त्यसपछि आफू पनि हौसिए र पछिल्लो समय ठूला बजेटका सिनेमामा आफूलाई संलग्न गराउन थालेका छन् ।

यसै वर्ष उनले करिव १५० करोड भारूको लागतमा तयार गरेको ‘कंलक’ रिलिज गरे तर सिनेमा व्यवसायिकरूपमा असफल भयो । सिनेमाले १४५ करोडमात्र कमाउन सक्यो । सो सिनेमाबाट केहि निराश भएपनि उनले हिम्मत हारेका छैन । हाल उनी ३ भाग लामो ‘ब्रम्हास्त्र’ नामक सिनेमा बनाइरहेका छन्। सिनेमामा रणवीर कपुर र आलिया भट्टले मूख्य भूमिकामा छन् ।

अयान मुखर्जीको निर्देशन रहने सिनेमाको बजेट पनि ठूलै छ । सिनेमाको बजेट हाल करणले अनुमान गरेभन्दा ५० प्रतिशत भन्दा बढिले बढेको छ । सिनेमाको पहिलो भागका लागि सय करोड भारूसम्म खर्च गर्ने सोचेका करणको सिनेमाको बजेट हाल १५० करोड भारू पुगिसकेको बताइन्छ । सिनेमाको बजेट भिएफएक्सका कारण अझै माथि पुग्ने अनुमान गरिएको छ ।

सिनेमाको बढ्दो बजेटका कारण धेरै करणले मोलेको खतराबाट तर्सिएका छन् । करण सिनेमाको बजेट बढेपनि सिनेमालाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने सोचमा छन् । यस्तो हुनुको कारण सिनेमाका निर्देशक अयान मुखर्जीलाई मानिएको छ। अयानले यसअघि ‘वेक अप सिद’, र ‘ए जवानी है दिवानी’ बनाएका थिए। दुबै सिनेमा वक्सअफिसमा सफल थिए। करणको ठूलै भर आयनसँग छ ।

त्यस्तै सिनेमाका जोडी आलिया र रणवीर पनि सिनेमाका मूख्य हतियार भएकाले करणले कुनै सम्झौता गर्न नचाहेको बताइन्छ । अब यस्तोमा सिनेमाले कस्तो स्तरमा आफूलाई प्रस्तुत गर्छ, त्यो रिलिजपछि स्पष्ट हुनेछ । सिनेमा थ्रिड तथा आइम्याक्समा पनि रिलिज हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here