हेटौंडा, २२ साउन/हेटौँडा उपमहानगरपालिका ५ मा रहेको रिलायन्स इङ्गलिस बोर्डिङमा आँखा शिविर भएको छ ।

दुईदिन चलाईएको आँखा शिविर बुधबार समापन भएको हो । शिविर साउन १७ गते शुक्रबार र आज बुधबार गरी दुईदिन सञ्चालन गरिएको थियो ।

बोर्डिङले विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको नियमित स्वास्थ्य परीक्षण गर्ने कार्यक्रमअन्तर्गत आँखा परीक्षण गरिएको विद्यालयकी अतिरिक्त कृयाकलाप संयोजक सुजिता श्रेष्ठले जानकारी दिइन ।

हेटौँडा युवा अभियानको आयोजना र हेटौंडा सामुदायिक आँखा अस्पतालको सहकार्यमा भएको आँखा शिविरमा आज कक्षा ५ देखि १० सम्मका २ सय २० विद्यार्थीहरुको आँखा परीक्षण गरिएको हो ।

परिक्षणमा २४ जनामा आँखा समस्या देखिएको आँखा अस्पतालकी बरिष्ठ नेत्र साहायक रिना खड्गीले जानकारी दिईन । आँखामा समस्या भएका विद्यार्थीलाई आँखा अस्पतालमा थप उचारका लागी रिफर गरिएको खड्गी बताईन् ।

शिविरमा सामुदायीक अस्पतालका सिनियर नेत्र साहायक खड्गी सहित नेत्र साहायक सबिता क्षेत्री, आँखा स्वास्थ्य सेवक इन्द्रिका चौधरी, आइ बैंक प्राविधि अमेन्द्रकुमार शर्माको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here