एजेन्सी/अहिलेको आधुनिक युगलाई सूचना प्रविधिको युगभनेर सबैले स्विकार गर्दै आएका छन् । मानिसहरु आफ्नो दैनिक जीवनलाई सहज बनाउन प्रविधिलाई रोज्‍ने गरेका छन् । यही सन्दर्भमा ठूल्ठूला लगानीकर्ताहरु समेत प्रविधिलाई नै सुरक्षित र भरपर्दो माध्‍यमको रुपमा मान्दै आए पनि नजिकबाट प्रविधिलाई नबुझ्दा यसले नोक्सानी समेत पुर्‍याएको छ ।

विश्‍वमा विकास र विस्तारका लागि विभिन्‍न प्रविधिलाई आधार मानेर विभिन्‍न सफ्टवेयर प्रत्‍येक दिन बनिरहेका छन्। तर बनेका ती प्रविधिका उत्पादनहरु विश्‍वबजारमा हिट हुनुको साटो हिस्स पनि परेका छन् । त्‍यसकारण प्रविधिमा लगानी गर्नुपूर्व एक पटक सोचे पैसा र प्रगति दुवै उपलब्धि हासिल गर्न सकिन्छ। यसका लागि विज्ञको ५ सुझाव यस्तो छ ।

१. के यो परिवर्तित छ ?
तपाई एउटा लगानीकर्ताको नाताले आजको समाधान र भविष्‍यलाई उपलब्धिको रुपमा हेर्नु पर्ने हुन्छ। समय र ऊर्जा अनुरुप प्रविधिले साथ दिएको छ की छैन भनेर पहिचान गर्न सक्नुपर्छ। लगानी भनेकै भविष्‍यको व्‍यापार हो भन्‍दै यसको लागि आधार, योजना र सही मूल्‍य निर्धारण गरी कार्यान्वयनको खाँचो पर्दछ। व्‍यक्तिमा उद्यमी बन्‍न सक्‍ने लक्षण हुनु जरुरी छ । –जेफ इप्सटेन, राजदूत

२. के अहिलेको प्रणालीलाई सुहाउँछ की सुहाउँदैन ?
लगानी पूर्व कुनै पनि प्रविधिले अहिलेको प्रणाली समय सुहाउँदो छ की छैन भनेर हेर्नुपर्दछ । पुरानो प्रविधिलाई विस्तारै विस्थापित गर्दै नयाँ प्रविधिले आफ्नो प्रभाव पार्न सक्नुपर्दछ । मैले नयाँ प्रविधिमा लगानी गरे भने ढुक्‍कका साथ भन्‍न सक्‍नुपर्छकी यसले विश्‍वमा नयाँ परिवर्तन लिएर आउँछ । –ब्राइन केशलर, सीपीए एक्जाम गाइड

३. व्‍यापारमा नयाँ क्रान्ति गर्छ की गर्दैन ?
अहिलेको विश्‍वमा व्‍यापार सबैभन्दा अगाडि आउँछ। त्‍यसको लागि पहिला लगानीकै आवश्‍यकता पर्छ। लगानी पनि नयाँ सोच र समयको माग अनुसार हुनु जरुरी छ। यसको लागि गुणस्तर र बजारमा बिकाउ हुनु जरुरी छ । –ड्रियू हेन्ड्रिक्स, बटरकप

४. उपभोक्तामैत्री छ की छैन ?
कुनै पनि प्रविधि भित्र्याउँदा उपभोक्तामैत्री छ की छैन भनेर लगानीकर्ताले विशेष ध्‍यान दिनु जरुरी छ । विश्‍व बजारमा धेरै प्रविधिका उत्पादनहरु प्रतिस्पर्धामा आइरहेका हुनाले कुन भरपर्दो र सुरक्षित छ भन्‍ने उपभोक्तामा प्रभाव पार्नुसक्नुपर्छ । –आडम मणडेलर,कस्टमर टोब्‍याको

५. के त्‍यो उत्पादनले समय र पैसाको बचत गराउँछ ?
प्रविधिमा विकास भएका उत्पादनले समय र पैसाको बचत गराउँछ की गराउँदैन भनेर लगानीकर्ताले ध्‍यान दिनु जरुरी छ । उपभोक्ताले पहिला समय र पैसाको बचतसँगै आफ्नो समस्या समाधान खोज्‍ने गर्दछ । यसकारण लगानीको लागि समस्या होइन समाधान दिन सक्‍नुपर्छ । -जेसिका गोन्जाली,अप्टिमोन्सटर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here