एजेन्सी/हामी हाम्रो मनपर्ने सेलिब्रिटीहरूको बारेमा सबै कुरा जान्न चाहन्छौं । उनिहरूले के खान्छन् देखि लिएर कसलाई डेट गर्दैछन् सम्म हामी सबै जान्न चाहन्छौं । आज हामी बलिउड स्टार केसँग डराउँछन् यो जान्न गैरहेका छौ ।

सोनम कपूर :
फेशन आइकन ‘सोनम कपूर’ प्रायः उनको सुन्दर पोशाक र फेशन प्रवृति को लागी चिनिन्छिन् । उनले आफ्नो लिफ्टसंगको अजिब फोबिया बारे खुलाएकी छिन् । एक पटक उनलाई लिफ्टमा लिइएको एक शटको लागि लगभग ५ घण्टा लाग्यो ।

कट्रिना कैफ :
कट्रिना कैफलाई प्रायः ‘बलिउड को बार्बी’ को रूपमा सम्बोधित गरिन्छ र उनलाई अन्धकार देखि निकै डर लाग्छ । कट्रिनाको यो फोबिया अजीब छैन र यसलाई सामान्य रूपमा लिन सकिन्छ। तर कट्रिना अन्धकारमा आफ्नो घरबाट बाहिर पनि निस्किन्नन् किनकी अन्धकारमा उनलाई आत्माहरु र नराम्रो शक्ति प्रतिको डरलाग्दो आभास हुन्छ । उनि बी-टाउनमा सबैभन्दा सुन्दर र निर्दोष बार्बी हुन् ।

बिध्या बालन :
बिध्या बालन बलिउड इन्डस्ट्रीकी ‘मोनजोलिका’ बिरालोदेखि डराउँछिन् । यो अचम्मलाग्दो र अजीब लाग्दो छ किनकी बिध्या बालनले भूल भुलैयामा अद्भुत काम गरेकी छिन् ।

प्रियंका चोपडा :
बब्ली गर्ल प्रियंका घोडासंग डराउँछिन् । उनले एक अन्तर्वार्तामा भनिन्, ‘म घोडा देखि निकै डराउँछु तर म छिट्टै यो डरबाट माथि उठेर त्यसको सामना गर्नेछु ।’

दिपिका पादुकोण :
बलिउडकी निकै सुन्दर नायिका दिपिका उचाई देखि डराउँछिन् । उनलाई फिल्म ‘रेस २’ मा अन्त्यसम्म निकै स्टन्ट्स गर्नु पर्ने हुँदा त्यो निकै चुनौती पूर्ण थियो ।

विपाशा वासु :
विपाशा बलिउडकी निकै बोल्ड एक्ट्रेस हुन् । तपाई अचम्मित पर्नु हुनेछ जब तपाइले यो थाहा पाउनु हुनेछ कि उनि आफ्नै हाँसो देखि डराउँछिन् ।

सेलिना जेटली :
उनले प्राय: बलिउडमा एक ‘कामुक व्यक्तित्व’ या ‘सेक्सको प्रतिक’ को रूप मा काम गरेकी छिन् । उनि सबैभन्दा सुन्दर र रंगीन निर्माण, पुतली देखि डराउँछिन् ।

करीना कपूर :
बलिउडकी बेबो बाइक सवारी देखि डराउँछिन् । धेरै स्टन्ट दृश्यहरूमा काम गरिसकेकी उनि बाइक सवारी लिन डराउँछिन् । यो सुनीएको छ कि बेबोले चलचित्रमा हस्ताक्षर गर्नु अघि निश्चित गर्छिन् कि उनी बाइक स्टन्टको सामना गर्दीनन् ।

आलिया भट्ट :
बलिउडमा सबैभन्दा सानो र सबैभन्दा सुन्दर स्टार आलिया अन्धकार देखि डराउँछिन् । आलिया र कट्रिना दुवैलाई एउटै फोबिया छ र उनिहरू अँध्यारोमा घरबाट बाहिर निस्किदैनन् ।

अनुष्का शर्मा :
अनुष्का शर्मा साङ्गलो (Cockroach) देखि डराउँछिन् । केवल साङ्गलो मात्रै होइन उनि किराहरु पनि फिटिक्कै मन पराउँदिनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here