हेटौंडा, ११ साउन/नेपाल विद्यार्थी संघ मकवानपुरले विभिन्न माग राखी गरेको आन्दोलन फिर्ता लिएको जनाएको छ ।

नेविसंघ मकवानपुर क्याम्पस ईकाई र क्याम्पस प्रशासनबीच शनिबार भएको छलफल पछि नेविसंघले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको हो ।

छलफलमा नेविसंघसंग प्रशासनले गरेको पूर्व सहमतिहरु कार्यान्वयन गर्ने, कार्वाही गरेको विद्यार्थीलाई पठनपाठन गर्न दिईने, पुस्तकालय र प्राध्यापक कर्मचारीको विवरण उपलब्ध गराउने, प्राध्यापक र विद्यार्थीबीचमा हार्दिकता कायम गराउन प्रशासनले पहल गर्नेलगायतका विषयमा सहमति भएपछि नेविसंघले आन्दोलनको कार्यक्रम फिर्ता लिएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here