काठमाडौं/विश्वकप क्रिकेट २०१९ अन्तर्गत भएको आज भएको सेमिफाइनल खेलमा भारतलाई न्युजिल्यान्डले पराजित गरेको छ । योसँगै भारतको विश्वकप यात्र टुङ्गीएको छ । साथै न्युजिल्यान्ड भने फाईनलमा पुगेकाे छ ।

खेल मंगलबारबार नै हुने भनिएता पनि वर्षाका कारण रोकिएर खेल आज सम्पन्न भएको थियो ।

आज सम्पन्न खेलमा न्यूजिल्यान्डले दिएको २३९ रनको मध्यम लक्ष्य भारतले पूरा गर्न सकेन र ४ बल बाँकी हुँदा १८ रनले पराजित भएको हाे ।

आजकाे जितसँगै न्यूजिल्याण्ड लगातार दोस्रो पटक विश्वकप क्रिकेटको फाइनलमा पुगेको हो । उपाधिका लागि अब न्यूजिल्याण्डले अष्ट्रेलिया र इंग्ल्याण्डवीचको विजेतासँग प्रतिष्पर्धा गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here