सहुलियत दरमा चिकित्सा पठनपाठन गराउने प्रदेश ३ को तयारीः मन्त्री दुलाल

हेटौंडा, १९ असार/प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले प्रदेश नम्बर ३ मा सहुलियत दरमा चिकित्सा शिक्षा पठनपाठन गराउने प्रदेश सरकार तयारी रहेको बताएका छन् ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ विषयमा प्रदेश ३ को राजधानी हेटौंडामा आज बिहिबार भएको अभिमुखिकरण कार्यक्रममा बोल्दै मन्त्री दुलालले दक्ष जनशक्तीको अभाव खड्कीरहेको अवस्थामा स्वास्थ्य शिक्षा ऐनले सहजता पु¥याउने बताए ।


चिकित्सा शिक्षा आयोग भक्तपुरको आयोजनामा चिकित्सा ऐन विषयमा छलफल गरिएको थियो । शिक्षा ऐनमा ल्याइएका मुख्य मुख्य विषय वस्तु प्रस्तुत गरि सहभागीहरुको प्रश्नमाथि छलफल भएको कार्यक्रममा आयोगका उपसचिव तुलसीप्रसाद आचार्य र डा. अर्जुन कार्कीले कार्यपत्र प्रस्तुत गरेका थिए ।


कार्यक्रममा सहभागीहरुले चिकित्सा शिक्षा ऐनले एलोपेथिक मात्रै समेटिएको र आयुर्वेदिक समेटिन नसकेको भन्दै आयुर्वेदिकलाई समेट्नुपर्ने बताएका थिए । अहिलेको नेपाल सरकारले ल्याएको ऐनले सिटिइभिटिलाई समेट्न नसक्नु र अर्बौ लगानी गरेर सञ्चालनमा आएका टेक्निकल ईन्टिच्युटहरु हटाउने तर्फ ऐन लागेकोप्रति सहभागीहरुले असन्तुष्टि जनाएका थिए ।


आयोगका सदस्य सचिव चन्द्रकान्त भुसालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश ३ सरकारका कृषि, शिक्षा र स्वास्थ्य समितिका सभापति घनश्याम दाहाल, प्रदेशसभाका नेकपाका मुख्य सचेतक रामेश्वर फुँयाल, ३ नम्बर प्रदेशका नीति तथा योजनाका सदस्य डा। यमुना कँडेल, जिल्ला समन्वय समितिका उपप्रमुख भगवती पुडासैनीलगायतकाले आ-आफ्ना भनाई राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here