म्यान्चेस्टर। इंग्ल्यान्डको म्यान्चेस्टरमा भएको बिश्वकप क्रिकेटको हिजोको खेलमा भारतसँग पाकिस्तान ८९ रनले पराजित भएको छ। ३३७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पाकिस्तानले ब्याटिङ गरिरहेकै बेला पानी परेपछि खेल ४० ओभरमा छोट्याइएको थियो । अब ४० ओभरमा पाकिस्तानले ३०२ रनको लक्ष्य पाएको थियो। पाकिस्तानले ४० ओभरमा ६ विकेटको क्षतिमा २१२ रन मात्रै बनाएपछि ८९ रनले हार ब्यहोरेको हो । पाकिस्तानका लागि फखर जमानले ६२ रन बनाए । त्यस्तै, बाबर अजामले ४८ रन बनाउँदा इमाद वासिमले अविजित ४६ र शादब खानले अविजित २० रन बनाए ।